न्युजील्याण्डको बलिङसामु भारत निरीह, पहिलो इनिङमा १६५ मै अलआउट

डिसी नेपाल
१० फागुन २०७६ ९:२५

काठमाडौँ । न्युजील्याण्डविरुद्धको टेस्टमा भारत पहिलो इनिंगमा केवल १६५ रनमा अल आउट भएको छ । खेलको पहिलो दिन ५ विकेट गुमाएको भारतले दोस्रो दिन केवल ४३ रन थप्दा बाँकी ५ विकेट गुमाएको हो ।

पहिलो दिनको खेल बर्षाले प्रभावित हुदा भारत ५५ ओभरको मात्र खेल खेल्दै खराब शुरुवात गर्दै ५ विकेट गुमाएर १२२ रन बनाएको थियो । दोस्रो दिन भारत १६५ रन बनाउदा अल आउट भएको हो । भारतका लागि उपकप्तान आजिख्य रहानेले सर्वाधिक ४६ रन बनाए भने रिषव पन्त १९ रन बनाएर आउट भए ।

यस अघि मयंक अग्रवाल ३४ रन, पृथ्वी शा १६, चैतेश्वोर पुजारा ११, कप्तान विराट कोहली २ तथा हनुमा विहारी ७ रन बनाएर आउट भएका थिए । त्यस्तै मोहमद सामीले २१, इशान्त शर्माले ५ तथा आर आश्विन शुन्यमा आउट भएका थिए ।

त्यस्तै न्युजील्याण्डका लागि यसै टेस्टमा डेभ्यु गरेका २५ बर्षिय कील जामिएसनले उत्कृष्ट शुरुवात गर्दै पहिलो इनिंगमा ४ विकेट लिएका छन् । जामियेसनले पहिलो दिन पुजारा, कोहली र विहारीको विकेट लिएका थिए भने दोस्रो दिन इशान्त शर्माको विकेट लिए ।

त्यस्तै टिम साउथीले पनि ४ विकेट लिए भने ट्रेन्ट बोल्टले एक विकेट लिएका थिए । अब न्युजील्याण्डले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ । चिया ब्रेकसम्म न्युजील्याण्डले २ विकेटको क्षतिमा ११६ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *