एस्टन अगरको शानदार प्रदर्शनपछि दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको फराकिलो जित

काठमाडौँ । दक्षिण अफ्रिका टुरमा रहेको अस्ट्रेलियाले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले फराकिलो जित हासिल गरेको छ ।
अस्ट्रेलियाले दिएको १९७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाको पुरै टिम १४.३ ओभरमा केवल ८९ रनमा अल आउट भएपछि अस्ट्रेलिया १०७ रनको फराकिलो अन्तरले विजयी भएको हो ।
दक्षिण अफ्रीकाविरुद्ध शानदार बलिङ गर्दै अस्ट्रेलियाका बलर एष्टन अगररले ह्याट्रिकसहित ५ विकेट लिएका थिए । उनले ४ ओभरमा २४ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै पाट कमिन्स र एडम जाम्पाले २-२ विकेट लिए भने मिचेल स्टार्कले एक विकेट लिए ।
दक्षिण अफ्रिकाका लागि भने फाफ डुप्लेसिसले २४ रन बनाए भने पिट भान बिजोनले १६ तथा कागीसो रबाड़ाले २२ रन बनाए ।
यस अघि अस्ट्रेलियाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ४५, कप्तान एरोन फिन्चले ४२, एलेक्स केरीले २७, एष्टन अगरले २० म्याथ्यु वाडेले १८ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाका बलर डेल स्टेन र तब्रैज शाम्सीले २-२ विकेट लिएका थिए । योजितसहित अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल फेब्रुअरी २३ मा हुने छ ।
Facebook Comment