बुन्डेसलिगामा बायर्नको जीत

डिसी नेपाल
१० फागुन २०७६ १०:५५

काठमाडौँ । बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्नले पडेरबोर्नलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरे भने एक गोल सर्गी गनाब्रीले गरेका थिए । २-२ गोलको अवस्थामा लेवानडोस्कीले खेलको ८८औ मिनेटमा गोल गर्दै बायर्नलाई जिताएका थिए । त्यस्तै पडेरबोर्नका लागि डेनिस सरबेनी र सभेन मिचेलले एक एक गोल गरेका थिए ।

यो जितपछि बायर्नको २३ खेलमा ४९ अंक भएको छ र लिगको शिर्ष स्थानमा नै रहेको छ । त्यस्तै २३ खेलमा १६ अंक रहेको पडेरबोर्न लिगको पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *