दोस्रो दिनको खेल सकिँदा भारतविरुद्ध न्युजिल्याण्डको अग्रता

डिसी नेपाल
१० फागुन २०७६ १६:१७

एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले पहिलो टेष्टको पहिलो इनिङ्समा भारतविरुद्ध अग्रता बनाएको छ ।

विलिङटनमा शनिबार दोस्रो दिनको खेल सकिँदा न्युजिल्याण्डले ५१ रनको अग्रता बनाएको छ । भारतलाई सस्तैमा अलआउट गर्दै पहिलो इनिङ्स थालेको न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिदा ५ विकेट गुमाएर २ सय १६ रन बनाएको छ ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सन ८९ रन बनाए । रोस टेलरले ४४ रन जोड्दा टम ब्लन्डलले ३० रन बनाए । बिजे वाट्लिङ १४ रनमा अविजित रहदा कोलिन डी ग्राण्डहोम ४ रन बनाएर अविजित छन् । भारतका इशान्त शर्माले ३ विकेट लिए । यस्तै मोहमद शामी र रविचन्द्र आश्विनले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ६५ रन जोड्न सक्यो । ५ विकेटको क्षतिमा १ सय २२ रनबाट दोस्रो दिनको खेल थालेको भारतका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

उसका अजिंका रहानेले सर्वाधिक ४६ रन जोड्दा मायांक अग्रवालले ३४ रन जोडे । मोहमद शामीले २१, ऋषब पन्तले १९ तथा पृथ्वी श १६ रनमा आउट भए । चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा पेभेलियन फर्किए ।

न्युजिल्याण्डका टिम साउदी र केली जेमिसनले ४–४ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *