ला लिगाः बार्सिलोनालाई शीर्ष स्थानमा उक्लिने अवसर

डिसी नेपाल
१० फागुन २०७६ १७:१९

एजेन्सी । स्पेनिस लिगमा बार्सिलोनालाई शीर्ष स्थानमा उक्लिने अवसर छ । लिग लिडर रियल मड्रिडलाई पछि पार्ने लक्ष्य सहित बार्सिलोनाले शनिबार राति ईबरसंग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । बार्सिलोना ५२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियल मड्रिड एक अंकले अगाडी छ ।

ईबर २४ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान माथि छ । आजै राति हुने खेलमा रियल मड्रिडले लेभान्तेसंग खेल्दैछ । लिगको शीर्ष स्थानमा रहेको रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने अवसर छ ।

खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ । शीर्ष स्थानको रियल मड्रिडको ५३ अंक छ । लेभान्ते २९ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *