महिला टी २० विश्वकपः थाईल्याण्डमाथि वेष्ट ईण्डिजको जित

काठमाडौं। आईसीसी महिला टी २० विश्वकप क्रिकेटमा वेस्टइण्डिजले विजयी शुरुआत गरेको छ । पर्थमा आज भएको खेलमा वेस्टइण्डिजले विश्वकपमा डेब्यु गरेको थाइल्याण्डमाथि ७ विकेटको जित हासिल गरेको हो ।
पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७८ रन बनाएको थियो । उसका लागि नानपाट कन्चोरेन्कीले सर्वाधिक ३३ रन बनाउँदा नरमुल चिउईले १३ रन बनाइन् ।
अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । वेस्टइण्डिजकी स्टेफनि टेलरले तीन विकेट लिइन् । ७९ रनको लक्ष्य वेस्टइडिडजले ३ विकेट गुमाएर २० बल बाँकी छदैँ पुरा गरेको थियो ।
जीतमा स्टेफिन टेलर २६ तथा सेमिनी क्याम्पवेल २५ रनमा नट आउट रहिन् । यसैगरी हेली म्याथ्युले १६ रन बनाइन् । सेरिया लेथले एक विकेट लिइन् ।
प्रतिक्रिया
Facebook Comment