खप्तड गोल्डकपः एपीएफ क्वाटरफाइनलमा

डिसी नेपाल
१० फागुन २०७६ १७:४९

धनगढी । विभागीय टिम एपीएफ क्लब सर्वाधिक धनराशिको चौंथो सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कैलाली हसनपुरस्थित धनगढी रंगशालामा शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा पुगेको हो ।

एपीएफलाई जित दिलाउन रमेश दंगाल र बिकु तामाङले एक एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले सान्त्वना गोल गरे । खेलमा सुरुवाती अग्रता भने एनआरटीले बनाएको थियो । खेलको ३९ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा एपीएफ खेलमा फर्कियो । खेलको ६० औं मिनेटमा रमेशले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा वैकल्पिक खेलाडी बिकुले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए । कप्तान टोप बहादुर बिष्टले प्रहार गरेको रिबाउण्ड बलमा बिकुले गोल गरेका थिए । अब एपीएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

खेलको म्यान अफ दि म्याच एपीएफक रमेश दंगाल चुनिए । प्रतियोगिता अन्तर्गत आइतबार नव जन जागृती क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *