निवर्तमान सञ्चारमन्त्री बास्कोटाको अडियो प्रकरण माथि अनुसन्धान हुन्छ : देव गुरुङ

डिसी नेपाल
१० फागुन २०७६ १८:०८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुशन्धान गर्ने बताएका छन् ।

शनिवार काठाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिएपनि ग्लोबल टेण्डर नगरेर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यहि बिचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको बताए । उनले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने बताए । उनले मन्त्रीले भ्रस्टाचार गरे नगरेको कानूनी छानविन गर्न सरकार दृढ भएकाले अख्तियारले छानविन गर्ने बताए ।

नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र एमसीसीका सर्तहरुमा परिमार्जन गरेर मात्र जाने सुझाव दिएकाले पार्टीले छिट्टै निर्णय गर्ने बताए । उनले सरकारले एमसीसीलाई निरन्तरता दिने प्रतिकृया प्रधानमन्त्री ओलीले दिए पनि पार्टीको निर्णय नै अन्तिम हुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *