वेष्ट इण्डिजका पूर्वकप्तान समीलाई पाकिस्तानको नागरिकता!

डिसी नेपाल
१० फागुन २०७६ १९:१७

काठमाडौं । वेष्ट इण्डिजका पूर्वकप्तान डरेन समीलाई पाकिस्तानले मानार्थ नागरिकता दिने भएको छ । पाकिस्तानमा क्रिकेट खेललाई फर्काउन महत्वपूर्ण भूमिका खेलेका समीको सम्मानमा ‘निसान ए पाकिस्तान’ सम्मान प्रदान गर्ने निर्णयमा राष्ट्रपति आरिफ अल्लीले हस्ताक्षर गरेका छन् । यो सम्मान २३ मार्चमा दिइनेछ ।

समीलाई मानार्थ नागरिकता दिने प्रस्ताव पेशावर जल्मीका मालिक जाजेद अफ्रिदीले अघि सारेका थिए। समीले २०१६ मा पाकिस्तान सुपर लिगको सरुवातसँगै उनको टिमबाट खेलेका थिए । उनी टिमको मार्की प्लेयर थिए ।

२०१८ र २०१९ को टिममा उनको टिम फाइनलमा पुगेको थियो । पीएसएल २०१६ मा सुरु भएपनि घरेलु मैदानमा खेल हुन सकेको थिएन । पीएसएलको फाइनल पाकिस्तानमा खेल्ने प्रस्ताव राख्दा सहमति जनाउने पहिलो खेलाडी समी नै थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *