श्रीलंकाको रोमाञ्चक जित

एजेन्सी । पाहुना टिम वेष्ट इण्डिजविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा श्रीलंकाले रोमाञ्चक जित निकालेको छ । कोलम्बोमा शनिबार भएको खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई १ विकेटले हराएको हो ।
वेष्ट इण्डिजले दिएको २ सय ९० रनको लक्ष्य श्रीलंकाले ४९ ओभर १ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाको जितमा कप्तान दिमुथ करुणारत्नेले ५२ तथा अभिस्का फर्नान्डोले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कुशल परेराले ४२ रन बनाए । वेष्ट इण्डिजका अल्जारी जोसेप र हेडन वेल्सले २–२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । वेष्ट इण्डिजका शाइ होपले १ सय १५ रनको शतकीय इनिङ्स खेले ।
यस्तै रोस्टन चेसले ४१, डरेन ब्राभोले ३९ तथा किमो पाउलले अविजित ३२ रन बनाए । श्रीलंकाका इशुरु उडानाले ३ विकेट लिए । जितसँगै श्रीलंकाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
Facebook Comment