बार्सिलोनाको शानदार जित, मेस्सीको चार गोल

डिसी नेपाल
१० फागुन २०७६ २३:०९

एजेन्सी । स्पनिस क्लब बार्सिलोना ला लिगामा शानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा कप्तान लियोनेल मेस्सीले ४ गोल गरेपछि बार्सिलोनाले एइबारमाथि ५–० को फराकिलो जित निकालेको हो।

मेस्सीले खेलको पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको १४ औं मिनेटमा इभान राकिटिकको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३७ औं मिनेटमा भिडालको पासमा मेस्सीले अग्रता दोब्बर पारे । लगत्तै ४० औं मिनेटमा मेस्सीले नै बार्सिलोनालाई ३–० ले अगाडी बढाए ।

दोस्रो हाफको ८७ औं मिनेटमा ला लिगामा डेब्यु गरिरहेका मार्टिन ब्रेथवेटको पासमा मेस्सीले चौथो गोल गरे । त्यसको दुई मिनेटपछि अर्थरले गोल गर्दै ५–० को जित पक्का गरे । यस जितसँगै बार्सिलोनाले २५ खेलमा ५५ अंक जोडेको छ । रियल २४ खेलमा ५३ अंकसहित दोस्रो स्थानमा छ । रियलले आज नै लेभान्तेसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *