इबरविरुद्ध मेस्सीको गोल वर्षा, बार्सिलोना शीर्ष स्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले इबरलाई पाँच–शून्यको फराकिलो गोलअन्तरले हराएको छ ।
साविक विजेता समेत रहेको बार्सिलोनाका कप्तान लिओनल मेस्सीले मात्रै इबरविरुद्ध ४ गोल गरेका थिए ।
पहिलो हाफमा ह्याट्रिक गरेका कप्तान मेसीले दोस्रो हाफमा थप एक गोल गरेका गर्दै आफ्नो व्यक्तिगत खातामा ४ गोल पुर्याएका हुन् । बार्सिलोनाको तर्फबाट अर्को गोल आर्थर मेलोले गरे ।
जितपछि बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै खेल तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने इबर २४ अंकसहित अंकतालिकामा १६औं स्थानमा छ ।
२५ खेलबाट बार्सिलोनाको ५५ अंक हुँदा एक खेल कम खेलेको रियलको ५३ अंक छ ।
प्रतिक्रिया
Facebook Comment