लेस्टर सिटीमाथि म्यानचेस्टर सिटीको कठिन जीत

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले लेस्टरमाथि १–० को जित हासिल गरेको हो ।
म्यानचेस्टरको जितमा गाब्रियल जिससले खेलको एक मात्र गोल गरेका हुन् । सब्सटिच्युटको रुपमा मैदान छिरेका जिससले खेलको ८०औं मिनेटमा गोल गरेका थिए । यस अघि खेलको ६२औ मिनेटमा सिटीले पाएको पेनाल्टी सर्जियो अग्युरोले मिस गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ५७ अंक भएको छ र लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको लिभरपुल एक खेल कम खेल्दै सिटी भन्दा १९ अंकले अगाडि रहेको छ । त्यस्तै लेस्टर सिटी भने यो हारपछि २७ खेलमा ५० अंक बटुल्दै लिगको तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment