सुर्खेतको सिम्ता गाउँपालिकामा एक घर, एक धारा

सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतको सिम्ता गाउँपालिकाले एक घर एक धारा अभियान सुरु गरेको छ।
हरेक नागरिकलाई शुद्ध पानी पु-याउने उद्देश्यले अभियान सुरु गरिएको हो । गाउँपालिकाले वडा ४ को सिमलगाउँ र वडा ८ को ठकुरी टोलबाट शुद्ध खानेपानी घोषणा कार्यक्रमको शुभारम्भ गरेको छ।
गाउँपालिका र युनिसेफको साझेदारीमा सुरक्षित खानेपानी समाज घोषणा गरिएको छ ।
गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले शुद्ध खानेपानी घोषणा कार्यक्रम पश्चात पानी फिल्टर नगरी सिधैं धाराबाट पानी पिउँन सकिने बताए ।
अत्याधुनिक प्रविधिको प्रयोग गरी पानी धारासम्म पु-याइएको उनको भनाइ थियो ।
गाउँपालिकाले ९ वटै वडाका प्रत्येक बस्तीहरुमा लागु पर्ने जनाएको छ । सुर्खेत प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले सिमलगाउँमा र ठकुरी टोलको पानीको धारा खोलेर शुभारम्भ गरेका हुन्।
Facebook Comment