महिला टी २० विश्वकपः सोफीको कप्तानी पारीमा न्युजील्यान्ड सात विकेटले विजयी

काठमाडौं। कप्तान सोफी डेभिनको अबिजित ७५ रनको सहयोगमा न्युजिल्यान्डले शनिबार महिला टी २० विश्वकपको समूह ए अन्र्तगतको खेलमा श्रीलंकालाई सात विकेटले पराजीत गरेको छ। श्रीलंकाले न्युजिल्यान्डको १२८ रनको लक्ष्य दिएको थियो र डिभिनले ५५ बलमा छौ चौका र दुई छक्काको मदतले १४ बल बाकि अगाबै नैै टिमलाई जिताउन सफल भएकी थिइन ।
डभिनले मेडी ग्रीन सँग तेस्रो विकेटको लागि ६१ रनको साझेदारी गरेकी थिइन। न्यूजील्यान्डले १७.४ ओभरमा तीन विकेट गुमाएर १३१ रन बनाएको थियो। यस अघि श्रीलंकाले सात विकेट गुमाएर १२७ रन बनाएको थियो। श्रीलंकाका कप्तान अट्टापट्टुले सर्वाधिक ४१ रन बनाईन भने हर्षिता मडावीले २७ रन जोडेकी थिईन। न्युजील्यान्डका मध्यम गतिकी बलर हेली जेन्सनले चार ओभरमा १६ रन दिएर तीन विकेट लिईन। उनीबाहेक इमिलिया केरले २१ रनमा दुई विकेट लिएकी थिईन ।
Facebook Comment