न्युजिल्यान्डलाई झटका, ओपनर टम ब्लन्डेल दुई दिनसम्म बाहिर

डिसी नेपाल
११ फागुन २०७६ १३:२९

काठमाडौं। आईसीसी वल्र्ड टेस्ट च्याम्पियन अन्र्तगत भारत र न्यूजील्याण्ड बिचको पहिलो टेस्ट न्यूजील्याण्डको वेलिंग्टन मैदानमा चलिरहेको छ। खेलमा घरेलु टोली न्यूजील्याण्ड अहिले बलियो स्थितिमा रहेको छ। तर यसै बीच घरेलु टोलीले एउटा ठूलो झटका लागेको छ। न्यूजील्याण्डका ओपनर ब्याट्सम्यान टम ब्लन्डेल लाई गम्भीर चोटपटक लाग्दा दुई दिन सम्म डाक्टरको निगरानीमा मैदान बाहिर रहेका छन । टोम ब्लन्डेल खेलको तेस्रो दिनपनी मैदानमा देखा पर्नेछैनन ।

आईसीसीको जानकारी अनुसार टोम ब्लन्डेललाई खेलको पहिलो दिन भारतीय टीम बिरूद्ध फिल्डीङ गर्ने क्रममा चोट लागेका थियो त्यसपश्चात पनी उनले टिमका लागि ओपनीङ गरेका थिए । न्युजील्याण्ड क्रिकेट बोर्डका अनुसार टोम ब्लन्डेल खेलको तेस्रो दिनपनी मैदानमा देखापर्ने छैनन ।

टम ब्लन्डेलले पहिलो दिन ब्याटिङ गर्ने क्रममा चार चौंकाको मदतले ८० बलमा ३० रन बनाएका थिए । न्यूजील्याण्ड कप्तान केन विलियमसन पनि फिल्डीङको क्रममा घाइते भएका थिए तर उनी निको भइसकेका छन्। कप्तान केन विलियमसन लाई खेलको पहिलो र दोस्रो दिन हातमा चोट लागेको थियो । तर एक्स्रे रिपोर्टमा उनलाई कुनै किसिमको फ्र्याक्चर नभएको पाईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *