फुटबल इतिहासमा अद्भूत संयोगः मेस्सी र रोनाल्डोले एकैदिन पार गरे हजार अंकको कोसेढुंगा

काठमाडौं। शनिबार राती फुटबल इतिहासमा एउटा अद्भूत संयोग बनेको छ । यो संयोग फुटबल इतिहासकै ऐतिहासिक र ठूला संयोगमध्येको एक हो । दशकका सबैभन्दा महान दुई फुटबल खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले एकै दिन १ हजार अंकको विशाल कोसोढुंगा पार गरेको छ । यो अद्भूत संयोग गएराती सम्भव भएको हो ।
गएराती भएको खेलमा लियोनेल मेस्सीले १ हजार गोलमा योगदान (गोल र असिस्ट) गरेको विशाल उपलब्धी हासिल गरे । यो उपलब्धी हासिल गर्ने उनी विश्वकै पहिलो र अहिलेसम्मका एकमात्र खेलाडी बने । उनले अहिलेसम्म देश र क्लवको लागि खेल्दै ६९६ गोल गरेका छन् भने ३०६ गोलमा असिस्ट गरेका छन् । मेस्सी क्लव फुटबलमा स्पेनको बार्सिलोनाको लागि मात्र खेलेका छन् ।
यही दिन अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोले करिअरको १ हजार औं खेल खेले । रोनाल्डोले यो खेलमा पनि गोल गर्दै अर्को रेकर्ड पनि बनाए । शनिबार राति भएको खेलमा स्पलविरुद्ध आफ्नो १००० औं खेलमा पनि युभेन्टसका लागि गोल गर्न सफल रहे । यो खेलमा गोल गर्दै रोनाल्डोले सिरी ए मा लगातार ११ खेलमा गोल गरेको अर्को रेकर्ड पनि बनाएका छन् । खेलको ३९औं मिनेटमा गोल गर्दै उनले ग्याब्रियल बाटिस्टुटा र फेवियो क्वाग्लिरेलाको रेकर्डसँग बराबरी गरे । हजार खेलको कोसेढुंगा पार गर्ने रोनाल्डो पनि विश्वकै पहिलो र एकमात्र खेलाडी हुन् ।
Facebook Comment