चार छक्का प्रहार गर्दै विश्व रेकर्ड

काठमाडौं। आईसीसी वर्ल्ड टेस्ट च्याम्पियन अन्तर्गत भारत र न्यूजील्याण्ड बिच वेलिङटनमा जारी टेस्टमा न्यूजील्याण्डका सबैभन्दा अग्लो कदका खेलाडी काईल जेमिसनले आप्नो डेब्यु टेस्टमा उत्कृष्ट प्रर्दशन गर्दै विश्व रेर्कड बनाएका छन । उनले भारत बिरुद्ध बलिङ र ब्याटिङमा अलराउन्डर प्रर्दशन गर्दै चर्चित भएका छन ।
विल वेगनरको ठाउमा टिममा स्थान बनाएका ६ फिट ८ ईन्चका अग्ला काईलको भारत बिरुद्धको टेस्ट यादगार बन्दै गईरहेको छ । उनले आप्नो डेब्यु खेलको पहिलो पारीमा उत्कृष्ट बलिङ गर्दै भारतका चार प्रमुख खेलाडि हरु (कप्तान) बिराट कोहली, चेतेश्वर पुजारा, हन्मा बिहारी र ईशान्त शर्मा लाई आउट गरेका थिए उक्त क्रममा उनले १६ ओभरमा तिन मेडेन सहित ३९ रन खर्चेका थिए ।
यतिमात्रै हेन जेमिसनले ब्याटिङ गर्ने क्रममा भारतीय बलर बिरुद्ध कडा प्रर्दशन गरेका थिए । तेसो्र दिन नवौं नम्बरमा ब्याटिङ गर्न आएका काईलले ४५ बलमा चार छक्का र एक चौकाको मदतले ४४ रन बनाउदै गे्रन्ड होम संग आठौ विकेटको लागी महत्वपूर्ण ७१ रनको साभेदारी गरेका थिए ।
ब्याटिङ गर्ने क्रममा उनले डेब्यु खेलको पहिलो पारीमै चार छक्का प्रहार गर्ने माईकल कलार्क संगको विश्व रेर्कड बराबरी गर्न सफल भए साथै न्यूजील्याण्ड बाट डेब्यु खेलको पहिलो पारीमा सर्बाधिक छक्का प्रहार गर्ने पहिलो खेलाडिको रेर्कड पनी आप्नो नाममा लेखाउन सफल भए ।
Facebook Comment