अर्थमन्त्रीको बर्हिगमनको हल्लाले सेयर लगानीकर्तामा उत्साह, नेप्से सुचक र कारोबारमा रेकर्ड

डिसी नेपाल
११ फागुन २०७६ १५:५८

काठमाडौं । सेयर बजार विरोधी छवि बनाएका अर्थमन्त्री डा.युवराज खतिवडा बाहिरिने हल्लासँगै सेयर लगानीकर्तामा उत्साह देखिएको छ । लगानीकर्ता उत्साहित भएकाले साताको पहिलो दिन आईतबार सेयर बजार परिसुचक (नेप्से) र कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्ज परिसुचक (नेप्से) ६९.५६ अंकले बढ्ेर १५०४.१४ अंकमा पुगेको छ । यसदिन १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरबाट तीन अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एकैदिन ७० अंकले वृद्धि नेप्सेमा नयाँ रेकर्ड हो । यसैगरी आज भएको कारोबार रकम पनि हालसम्मकै उच्च हो ।

आइतबार कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से ४३ अंकले बढेपछि घट्न थालेको थियो । त्यसपछि १९ अंक घटेकोमा पुन बढेर बजारमा ६९ अंकले वृद्धि भएको छ । यसदिन कारोबार भएका सबै समूहगत परिसूचक उकालो लागेका छन् ।
समूहगत परिचसूचक बैकिङ ८६.०१, ट्रेडिङ ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, जलविद्युत ३३.७५, फाइनान्स २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादनमुलक ३८.६२, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६, म्याचुअल फन्ड ०.२८ र अन्य २४.६३ अंकले बढेको छ ।

आईतबार फष्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, स्वदेशी लघ्ुवित्तका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् । बजार उच्च अंकले बढेको दिनपनि ताागाउँ रिजेन्सी होटल, बरुण हाइड्रोपावर, पन्चकन्यामाई हाइड्रोपावर लगायतका २७ कम्पनीको सेयर मूल्य भने घटेको छ ।

किन बढ्यो बजार ?

आइतबार संचारमाध्यममा अर्थमन्त्री डा.खतिवडाको ठाउँमा बामदेब गौतम राष्ट्रियसभाको सदस्य बन्न लागेको समाचार सार्वजनिक भयो । राष्ट्रियसभा सदस्यबाट हट्दा स्वतः मन्त्रीपदबाट पनि बाहिरिने भएकाले समाचारले सेयर लगानीकर्तामा उत्साह सिर्जना गरेको र बजार बढेको लगानीकर्ताले टिप्पणी गरेका छन् ।

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बजार बढेपछि आईतबार सामाजिक संजालमा लेखे–‘किन बजार बढ्यो भनी नसोध्नु है । किनकी सबै कुरा राम्रो हुदाहुदै हिजोका दिनमा बजार घटीरहनुपर्ने कारण नै थिएन ।’ उनको स्ट्याटसमा धेरैले अर्थमन्त्रीको बर्हिगनमले बजार बढेको प्रतिक्रिया लेखेका छन् ।

अर्थमन्त्रीको सेयर बजार अनौपचारिक क्षेत्र भएकोले लगानी गर्दा बढी नै संयमता अपनाउनुपर्ने, ऋण लिएर सेयर खरिद गर्न नहुँनेजस्ता अभिव्यक्तिले आलोचित हुदै आएका थिए । फागुन २० गते डा.खतिवडाको संसदको समयावधि सकिदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *