सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भिर छानबिन हुनुपर्छ : सहमहामन्त्री डा. महत

डिसी नेपाल
११ फागुन २०७६ १६:४२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा गम्भिर छानबिन हुनुपर्ने बताएका छन् । रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. महतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई माथिबाटै संरक्षण र निर्देशन भएको उल्लेख गर्दै यो विषयमा गम्भिर छानबिन हुनुपर्ने बताए ।

सहमहामन्त्री डा. महतले यो विषयमा प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए । ‘हामीले या प्रकरणमा विरोध गरिरहेका छाँै । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन्, सबै भ्रष्टाचारका काण्डबारे संसदमा जवाफ दिनुपर्छ । सबै काण्डहरुमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’, उनले भने ।

महतले एमसीसीका विषयमा नभएको कुरा फैलाइएको भन्दै दुःख व्यक्त गरे । नेपालको विकासमा ठुले रकम पहिलो पटक अनुदानमा आएको उल्लेख गर्दै महतले यसमा कुनै अमेरिकी सैन्य गठबन्धनको कुरा नभएको प्रष्ट पारे । एमसीसीमा नेपाल मात्रै नभएर अन्य धेरै देशहरु संलग्न रहेको भन्दै महतले सन् २०१७ मा सम्झौता भएको भएपनि सन् २०२० मा आएर राष्ट्रघाती देख्नेहरुले तीन वर्ष के हेरेर बस्नुभयो ? भनेर प्रश्न समेत उनले गरे ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले एमसीसी पारित गर्नुपर्ने अडान राख्दै आएको छ । भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरुले यसमा आवश्यक संशोधन गरी पारित गर्नुपर्ने बताउदै आएका छन् । नेकपाको केन्द्रीय समितिले एमसीसीका विषयमा अध्ययन गर्न कार्यदल नै बनाएको थियो । कार्यदलले शुक्रबार मात्रै सुझावसहित पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । नेकपाको सचिवालयमा छलफल गरी पारित गर्ने विषयमा निर्णय हुने नेकपाले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *