विमलको निर्णायक गोलमा सताक्षी गोल्डकपको उपाधि मछिन्द्रलाई

डिसी नेपाल
११ फागुन २०७६ १७:५८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको हो ।

मछिन्द्रको जितमा विमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गोल गरेका थिए । थ्री स्टारका अशोक खवासले सोमिडे एडिलाजालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरेका थिए ।

उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ । उपविजेता थ्री स्टारले ३ लाख प्राप्त गर्यो । यससँगै मछिन्द्रले लिग जितेको एक साता नबित्दै दोस्रो उपाधि जितेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *