नेकपाले बनायो संविधान संशोधनका लागि कार्यदल

डिसी नेपाल
११ फागुन २०७६ १८:१२

काठमाडौं। सत्तारुढ दल नेकपा (नेपाल कम्युष्टि पार्टी) ले संविधान संशोधनको गृहकार्यका लागि भन्दै आइतबार कार्यदल बनाएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाइएको हो।

कार्यदलमा पूर्व सभामुख तथा पार्टी संसदीय दलका उपनेता सुवाष नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेका छन्।

पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने चर्चासँगै नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाएको हो। गौतमले यसअघि नै राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भएमात्र आफू राष्ट्रिय सभा सदस्य बन्ने बताउँदै आएका छन्।

सम्वतः नेकपाले राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाका लागि संविधान संशोधनको तयारी थालेको हो।

त्यसो त मधेश केन्द्रित दलहरुले पनि संविधान संशोधनलाई मुख्य मुद्दा बनाइरहेका छन्। तर, नेकपाले उनीहरुको मागअनुसार हो वा आफ्नै पार्टीका नेताको व्यवस्थापनका लागि हो, संविधान संशोधनको तयारी भने थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *