आफू जन्मेको घर पुगेर प्रधानमन्त्रीले ओली भने ‘भोकमरी हिजोको विषय भइसक्यो’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको भोकमरी हिजोको विषय भएको भन्दै नेपालमा कोही पनि भोकले मर्ने अवस्था नरहेको बताएका छन्।
आइतबार ६८ औं जन्म दिन उनी जन्मेको तेह्रथुमको आठराई गाउँपालिकाको इवा पोखरीमा पुगेका थिए। आफ्नो जन्म दिनका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भोकमरी हटिसकेको र अब गरिबी हटाउनुपर्ने बेला आएकोसमेत बताए। उनले त्यसका लागि सबैले तरिका मिलाएर परिश्रम गर्नुपर्ने बताए।
उनले भने, ‘पुर्पुरोमा हात लगाएर हुँदैन, हामीले गरिवीलाई पनि हिजोको विषय बनाउनु परेको छ। तरिका पुर्याएर गर्नुपर्छ। हामीले नगरे कल्ले गर्छ?’ उनले अब गरिबी र पछौटेपन हटाउनुपर्नेसमेत बताए। आइतबार प्रधानमन्त्री ओलीले सुकेपोखरी पोखरी माविबाट ह्वाकु हुदै ढुङ्गेसाँगुसम्म जाने ६५ किमि सडकका लागि ९ किलोमिटर पिचको शिलान्यास गरेका छन्। यस्तै आठराईस्थित नेपाल बैँकको शाखा कार्यालयको उद्घाटन गरेका छन्।
यस्तै ओलीले प्राविधिक विद्यालय सञ्चाल गर्ने घोषणासमेत गरेका छन्। त्यसका लागि २५० रोपनी जग्गा किन्ने तयारी छ। १२५ रोपनी जग्गा किनिसकिएको छ।
ओलीको ६९ औं जन्म दिन आइतबार धुमधामका साथ मनाइएको छ।
प्रधानमन्त्री ओलीको जन्मदिनका अवसरमा आठराई गाउँपालिकाले सार्वजिनक विदासमेत दिएको छ।
इवा पोखरीस्थित आफू जन्मिएको घरमा जन्म दिन मनाउन ओलीले गएको मंसिरदेखि नै तयारी थालेका थिए। सेनाले हेलिप्याड बनाइदिएको थियो भने, ओलीले आफू जन्मेको घर र जग्गा साढे १० लाखमा किनेका थिए।
Facebook Comment