रियल मड्रिडलाई धक्का, घाइते इडेन हजार्ड पूरै सिजन खेल्न नसक्ने आशंका

डिसी नेपाल
१२ फागुन २०७६ ९:१०

काठमाडौँ। रियल मड्रिडका लागि जारी सिजनका बाँकी खेल संघर्षपूर्ण हुने भएका छन् । उसका स्टार स्ट्राइकर इडेन हजार्ड घाइते भएका छन् र उनी जारी सिजनका बाँकी खेल खेल्न नसक्ने आशंका गरिएको छ । ला लिगा अन्तर्गत शनिबार राती लेभान्टेविरुद्धको खेलमा हजार्ड घाइते भएका थिए ।

हजार्डको खुट्टामा फ्याक्चर भएको पाइएको छ । उनी कहिलेसम्म ठिक हुन्छन् भन्ने प्रस्ट जानकारी आइसकेको छैन तर उनी जारी सिजनभर मैदान फर्कन नसक्ने आशंका गरिएको छ । ला लिगामा बार्सिलोनासँग कडा प्रतिस्पर्धा भैरहेको अवस्थामा प्रमुख खेलाडी नै घाइते हुदा रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानको समस्या बढेको छ । हजार्डले यस सिजनमा केवल ला लिगाका १० खेल मात्र खेलेका छन् ।

यस सिजनको शुरुवातमा नै प्रिमियर लिग क्लब चेल्सीबाट रियल मड्रिड गएका हजार्डले रियलका लागि अहिलेसम्म केवल १५ खेल खेलेर एक गोल मात्र गरेका छन् । हजार्डको यो इन्जुरीले रियल मड्रिडको सिजन नै संकटमा परेको टिप्पणी हुन थालेको छ भने उनी जुनमा हुने युरो कप समेत खेल्न सक्ने वा नसक्ने भन्ने अन्योल बढेको छ । रियलले यसै साता च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटीको सामना गर्दै छ भने मार्च २ मा एल क्लासिको समेत खेल्दै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *