फेलिक्सको कमब्याक खेलमा एथ्लेटिकोको जीत

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एथ्लेटिको मड्रिडले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एथ्लेटिकोले भिल्ला रियलमाथि ३–१ गोल अन्तरले जित हासिल गरेको छ ।
एथ्लेटिकोको जितमा एन्जल कोंर्रिया, कोके र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि पाको अल्कासेरले एक गोल गरेका थिए । एटलेटीकोका लागि इन्जुरीबाट फर्किएका फेलिक्सले गोल गर्दै उत्कृष्ट कमब्याक गरेका छन् ।
यो जितपछि एटलेटीको ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । एटलेटीकोको २५ खेलपछि ४३ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५३ र शिर्ष स्थानमा रहेको बार्सिलोनाको ५५ अंक रहेको छ । त्यस्तै यो हारपछि भिल्ला रियलको २५ खेलमा ३८ अंक रहेको छ र लिगको सातौ स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment