एकदिवसीयमा सतक बनाउँदै अन्तिम सम्म क्रिजमा रहने विश्वकै तीन उत्कृष्ट ब्याट्सम्यान

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेटमा हामीले यति धेरै ठूला खेलाडीहरू आफ्नो देशका लागि खेलिरहेका देखेका छौ । एक ब्याट्सम्यानको रूपमा प्रत्येक खेलाडीले आफ्नो टीमको लागि शतक बनाउन चाहन्छन्। यदि कुनै पनि ब्याट्सम्यानले शतक बनायो भने ब्याटिङ गर्ने टोलीले जित्ने सम्भावना धेरै हुन्छ र त्यो समयमा सबै दर्शकहरुको ध्यान पनि तिनै एक खेलाडीमा केन्द्रित रहेको हुन्छ। यही कुरालाई ध्यानमा राख्दै, आज हामी तपाईंलाई तीन त्यस्ता खेलाडीहरूको बारेमा बताउन जाँदैछौं जसले एकदिवसीय क्रिकेटमा शतक बनाएर सबैभन्दा बढी समयसम्म अविजित ईनिङ खेलेका छन ।
३. एबी डीविलियर्सः अन्तर्राष्ट्रिय स्तरमा १५ बर्षको क्रिकेट यात्रा गर्ने क्रममा तीन पटक आईसीसी ओडीआई प्लेयर अफ द ईयर को अवार्ड जित्न सफल भएका एबी डीविलियर्स संसारकै माहान ब्याट्सम्यान मध्येका एक मानिन्छन् । सन २००४ देखि २०१८ सम्मको क्रिकेट यात्रामा डीविलियर्सले दक्षिण अफ्रीकाका लागी कुल २२८ खेल खेल्दै ५३.५० को औसतले कुल ९५७७ रन बनाएका थिए उक्त क्रममा उनले एकदिबसीयमा २५ सतक प्रहार गरेका छन । डीविलियर्सले प्रहार गरेका २५ सतक मध्ये १२ पटक डीविलियर्स अबिजित रहेका थिए । अन्तिम समय सम्म क्रिजमा रहेर टिमको लागी ब्याटिङ गर्ने डीविलियर्स संसारकै तेस्रो ब्याट्सम्यान हुन ।
२. सचिन तेंदुलकरः सन १९८९ देखी २०१३ सम्म भारतको लागु अंतरराष्ट्रीय खेल खेलेका तेंदुलकरका लागि सतक बनाउन खासै ठुलो कुरा थिएन । आफ्नो टेस्ट र एकदिबसीय क्रिकेटको करियरमा सचिनले कुल १०० सतक प्रहार गरेका छन जस मध्ये ४९ सतक एकदिवसीयमा रहेको छ । उनले १५ पटक सतक बनाउदा अबिजित रहदै अन्तिम समय सम्म क्रिजमा रहेका थिए र टिमको लागी महत्वपूर्ण योगदान दिएर संसारकै दोस्रो ब्याट्सम्यान बनेका थिए ।
१. विराट कोहलीः भारतीय कप्तान कोहलीको लागि पनि सतक बनाउनु ठुलो कुरा हैन हालसम्म उनले एकदिसीय र टेस्टमा कुल ७० सतक प्रहार गरिसकेका छन । विराटले एकदिवसीय क्रिकेटमा १५ शतक प्रहार गर्दा अबिजित रहेर टिमलाई जिताउन महत्वपूर्ण योगदान दिएका छन र हाल सम्म यो रेर्कड बनाउने क्रममा उनी पहिला ब्याट्सम्यान बनेका छन् ।
Facebook Comment