बार्सिलोनाका खेलाडीको अनिवार्य कोरोनाभाइरस परीक्षण गरिने

डिसी नेपाल
१२ फागुन २०७६ १४:४३

काठमाडौं। स्पेनिस क्लव बार्सिलोनाका खेलाडीहरु आज सोमबार इटली जाँदैछन् । नापोलीसँग बुधबार हुने च्याम्पियन्स लिग अन्तिम १६ को खेलका लागि उनीहरु नाप्लेस जान लागेका हुन् । इटलीमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि यहाँको सरकारले यी खेलाडीहरुको पनि अनिवार्य कोरोनाभाइरस परीक्षण गर्ने जनाएको छ ।

खेलाडीहरु नाप्लेस सहर ओर्लिनासाथ उनीहरुको एन्टि कोरोनाभाइरस परीक्षण हुनेछ । पछिल्लो समय इटलीमा ठूलो संख्यामा संक्रमण देखिएपछि रोकथाम र उपचारको लागि प्रयास भइरहेको छ । नाप्लेसमाकोरोनाभाइरसको जोखिम नभएको बताइएको छ । खेल सकिएलगत्तै बार्सिलोनाको टोली स्पेन फर्किनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *