मेस्सीका छोराको मनपर्ने खेलाडी रोनाल्डो !

डिसी नेपाल
१२ फागुन २०७६ १५:५९

काठमाडौं। बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीका छोरा मेस्सीका फ्यान होइनन् बरु उनी त आफ्ना पिताका कट्टर प्रतिस्पर्धी युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोका फ्यान हुन् । यो थाहा पाउँदा धेरैलाई आश्चर्य लाग्न सक्छ तर मेस्सी स्वयंले यसको खुलासा गरेका हुन् ।

मेस्सीका अनुसार उनका छोरा थिएगो फुटबलप्रति धेरै आकर्षित छन् र उनी रोनाल्डोका बारेमा धेरैभन्दा धेरै कुराहरु जान्न चाहन्छन् । हालै एक अन्तरवार्तामा मेस्सीले यस्तो खुलासा गरे । थिएगोले रोनाल्डोका बारेमा सोधिरहने मेस्सीले बताए । मेस्सीका अनुसार थिएगोले रोनाल्डोसहित लुईस सुआरेज, एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे र नेयमारका बारेमा सोध्ने गर्छन् ।

‘थिएगोलाई फुटबल खेलाडीको बारेमा जानकारी लिन निकै मनपर्छ’, मेस्सीले थपे । थिएगो मेस्सी अहिलेदेखि नै फुटबलमा निकै रुचि राख्ने गर्छन् र भविष्यमा बार्सिलोनाबाट खेल्ने बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *