मन्त्री नेम्वाङद्वारा पदभार ग्रहण

डिसी नेपाल
१२ फागुन २०७६ २२:४१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सोमबार शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् ।

सोमबार मन्त्रालय पुगेका मन्त्री नेम्वाङलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री नेम्वाङले मन्त्रालयका कर्मचारीलाई जिम्मेवार, जवाफदेही र समन्वयात्मक बनेर काम गर्न निर्देशन दिए । उनले सबै आआफ्नो ठाउँमा जिम्मेवार बनेर समूहगत रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले सबैले ‘हामीले नगरे कसले गर्छ’ भन्ने भावना विकास गर्न सके मात्रै नयाँ युगको शुरुआत हुने औँल्याए । उनले नयाँ परिस्थितिबाट सरकार निर्माण भएपछि काम गर्ने वातावरण निर्माण भएको बताए । उनले भने, “विगतमा वर्षवर्षमा सरकार ढल्ने अवस्था भएकामा स्थिर सरकार बनेसँगै त्यो अवस्था हटेको छ ।” मन्त्री नेम्वाङले आजै वाग्मती एकीकृत सभ्यतासँग जोडिएको विषयमा विधेयक निर्माण गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमतिका लागि तयार फाइलमा हस्ताक्षर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *