लगातार २७ औं खेलमा अपराजित लिभरपुल, बाँकी ११ मध्ये ४ खेल जिते उपाधि पक्का

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल विजयी भएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्टह्याम युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जिताउन २-२ गोलको अवस्थामा साडियो मानेले खेलको ८१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि लिभरपुलले खेलको नवौ मिनेटमा जर्जिनियो विजनाल्डम र खेलको६८औ मिनेटमा मोहमद सलाहले गोल गरेका थिए ।
त्यस्तै वेस्टह्यामका लागि खेलको १२औ मिनेटमा इस्सा डियोपले र खेलको ५४औ मिनेटमा पाबियो फोर्नाल्सले एक एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुल प्रिमियर लिगमा २७ खेलमा ७९ अंक सहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको सिटी भन्दा २२ अंकले अगाडी रहेको छ । अब लिगमा ११ खेल खेल्न बाँकी हुँदा लिभरपुल यस सिजनको लिग उपाधिबाट चार जित टाढा रहेको छ ।
यस सिजनमा अपराजित रहेको लिभरपुलले २७ खेलमा २६ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ ।
Facebook Comment