हङकङमा नेपाली महिलाले पुलिसले हेर्दाहेर्दै अपार्टमेन्टको छतबाट हाम्फालेर आत्महत्या गरिन्

डिसी नेपाल
१३ फागुन २०७६ ९:१७

काठमाडौं। हङकङमा २९ वर्षकी एक नेपाली महिलाले अपार्टमेन्टको छतबाट हाम्फालेर आत्महत्या गरेकी छिन् । हङकङको मिडिया दिमसुम दैनिकका अनुसार ती महिलाले अरु मानिसहरु र प्रहरीले हेर्दा हेर्दै आत्महत्या गरेकी हुन् ।

हङकङको ४०–५४ वान चाइ रोडमा रहेको वाक अप अपार्टमेन्टमा आज स्थानीय समयअनुसार साढे १२ बजे ती महिला छतमा उभिएकी देखिएकी थिइन् । स्थानीय मानिसहरुले उनलाई देखेपछि सहयोगको लागि पुलिसलाई खबर गरेका थिए । पुलिस अधिकारीहरु आएपछि उनलाई सुरक्षित स्थानमा जान आग्रह गरेका थिए ।

तर पुलिसले उनलाई बचाउन प्रयास गर्दागर्दै ती महिलाले अचानक हाम्फालेकी थिइन् । भुइँमा खस्ता उनी गम्भीर घाइते भएपछि उनलाई तत्कालै एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको थियो । तर, अस्पतालमा उनलाई मृत घोषित गरिएको समाचारमा जनाइएको छ । महिलाको पहिचान खुल्न सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *