खाडीमा पनि कोरोना आतंक: ओमनमा शंकास्पद २ सय ५० जनाको विशेष निगरानीमा उपचार हुँदै
मस्कट । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आतंकित बनाइरहेको छ। पछिल्लो समय यसको संक्रमण उल्लेख्य नेपाली कार्यरत रहेका खाडी मुलुकमा पनि देखिन थालेको छ । सोमबार कुवेत, बहराइन र ओमनमा पनि यसका संक्रमित बिरामी भेटिएका छन्।
ओमनमा दुई जनामा यसको संक्रमण भेटिएको छ। ओमनको स्वास्थ्य मन्त्रालयले सोमबार दुई जना महिलामा यसको संक्रमण पुष्टि भएको जनाएको छ। कोरोना पोजेटिभ देखिएका ती महिलाहरु इरानको यात्रा गरेर फर्केका थिए।
त्यस्तै संकास्पद २ सय ५० जनाको विशेष निगरानीमा उपचार भैरहेको छ । ओमनका स्वास्थ्यमन्त्री डा अहमद बिन मोहम्मद अल सईदीले भने कोरोनाभाइरसबाट प्रभावित देशहरूबाट आएका २ सय ५० भन्दा बढी शंकास्पद मानिसहरूलाई क्वारेन्टाइनमा राखेर विशेष उपचार गरिएको बताएका छन् । ओमनमा करिब २० हजार नेपाली कार्यरत छन्।
यो पनि पढ्नुहोस- कोरोना भाइरस: नेपाली कार्यरत कुवेत, बहराइन र ओमनमा भेटिए संक्रमित
Facebook Comment