दिल्लीबाट बेपत्ता भएकी नेपाली युवती पुनम प्रहरी सम्पर्कमा
नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीबाट बेपत्ता भएकी गुल्मी इश्मा टाकुरा निवासी पुनम क्षेत्री भारतीय प्रहरीको सम्पर्कमा आएकी छन्। उनी सोमबार राती नोएडादेखि दिल्ली प्रहरीको सम्पर्कमा आएकी हुन् ।
मानसिक विकास पूर्ण रुपले नहुँदा राम्रोसँग बोल्न नसक्ने, कान कम सुन्ने तथा काम गर्दा हात कम्पन हुने जस्ता शारीरिक समस्या भएकी २२ वर्षीया पुनम २० फेबु्वरी, ३ बजेदेखि हराइरहेकी थिइन्।
पारिवारिक स्रोतका अनुसार पुनमकै उमेरकी एक युवती घरमा आएर पुनमलाई खेल्न जाने भन्दै आफूसँगै लगेकी थिइन्। पुनमको अध्ययनमा रुची थिएन। उनी धेरैजसो आफूभन्दा बढी उमेरका साथीसँग खेल्ने गर्थिन्।
सोही कारण परिवारले पनि उनकै साथी होलान् भनेर पुनमलाई लैजाने साथीका विषयमा धेरै चासो नदिएको परिवारका सदस्यले बताएका थिए। लामो समयसम्म पनि पुनम घर नफर्किँएपछि परिवारका सदस्य चिन्तित थिए ।
दिल्लीमा २२ वर्षीया युवती अचानक हराउनु आफैंमा डरलाग्दो घटना हो। पछिल्लो समयमा दिल्लीमा यस्तो ग्रुपको नेक्सस घुमिरहेका हुन्छन् जसले जसले यस्ता युवा युवतीलाई अपरहण गरी भिक माग्न लगाउने तथा यौन धन्धामा सक्रिय गराउने गर्दछन्। हराएकी पुनमको मानसिक विकास पूर्णरुपमा नभएकाले उनको व्यवहार उमेरले २२ वर्षीया भएतापनि १०/१२ वर्षीया बालिकाको जस्तो थियो।
उनी हराएको २० फेब्रुअरी बेलुका मोबाइलमा सम्पर्क गर्दा एक महिलाले ‘आजदेखि यो नम्बरमा फोन नगर्नु अब देखि तिम्री छोरी फर्किएर आउँदिन’ भन्दै फोन अफ गरेको परिवारका बताएका थिए ।
उनको खोजीमा दिल्ली प्रहरी, दिल्ली एनसीआरमा अवस्थित नेपाली मिडियाहरू, नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय रुपमा लागेका थिए ।
जसको परिणामस्वरूप चेलीबेटी बेचबिखनमा सक्रिय गिरोहबाट उनलाई छुटाउन सफलता मिलेको बताइएको छ । प्रहरीले उनको मेडिकल जाँच तथा आवश्यक कानुनी अनुसन्धान भइरहेको जनाएको छ ।
यतिबेला राजधानी दिल्लीलगायत सिंगो भारतमा नै एसकिसिमको गिरोह अत्यन्तै सक्रिय रहेको बताइन्छ । जहाँ वकिलदेखि युवा प्रोफेसनलको सञ्जाल फैलाएर यस्ता धन्दाहरू अघि बढेका छन् । महिला बेचबिखन तथा लैंगिक हिंशा बिरुद्द कार्यरत केहि संघसंस्थाहरुको समेत सहभागिता रहेको हुनसक्ने दिल्ली पुलिसकाे दावी छ ।
Facebook Comment