एसिया ११ टोलीमा भारतका विराट कोहलीसहित ६ खेलाडी, सन्दिप एक्ला नेपाली खेलाडी

काठमाडौं । बंगलादेशमा हुने विश्व ११ र एसिया ११ बीच हुने टि–२० मा नेपाली खेलाडी सन्दिप लामिछाने पनि खेल्ने भएका छन् । उनी एक्ला नेपाली खेलाडी हुनेछन् । टिममा सबैभन्दा धेरै भारतीइ खेलाडी छन् ।
एसियाको टोलीमा भारतीय कप्तान विराट कोहलीसहित, शिखर धवन, केएल राहुल, ऋषभ पन्त, मोहम्मद सामी, कुलदीप यादव गरी ६ खेलाडी छन् । बंगलादेशका तमिम इकबाल, लिटन दास, मुस्तफिजुर रहमान र मुस्फिकर रहीम गरी ४ खेलाडी छन् । श्रीलंकाका थिसारा परेरा र लासिथ मालिंगा, अफगानिस्तानका राशिद खान र मुजीब उर रहमान तथा नेपालका सन्दिप लामिछाने छन् ।
प्रतिक्रिया
Facebook Comment