च्याम्पियन्स लिगः बार्सिलोनालाई नापोलीको चुनौति

डिसी नेपाल
१३ फागुन २०७६ १७:०३

एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार राति बार्सिलोनाले इटालियन क्लब नापोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

नापोलीको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलको यात्रा सहज बनाउन चाहन्छन् । दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । त्यसैले एक खेललाई निकै महत्वपूर्ण खेलको रुपमा हेरिएको छ ।

बार्सिलोना पछिल्लो १२ सिजनबाट च्याम्पियन्स लिगको नकआउट चरण खेल्दै आइरहेको छ । नापोली भने पछिल्लो ६ सिजनमा तेस्रो पटक नकआउट चरण खेल्न लागेको हो । च्याम्पियन्स लिग अन्तर्गत नै इन्ग्लिश क्लब चेल्सीले घरेलु मैदानमा जर्मन क्लब वायर्न म्युनिखसँग खेल्नेछ । खेल राति १ः४५ बजे नै सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *