विमलको ह्याट्रिक, मछिन्द्र सेमिफाइनलमा

डिसी नेपाल
१३ फागुन २०७६ १७:४६

धरान । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा मंगलबार भारतको सन्डे एफसी कोलकोत्तालाई ६–१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।

मछिन्द्रको जितमा विमल घर्तीमगरले ह्याट्रिक गरे । यस्तै विशाल राईले दुई गोल गर्दा रेजिन सुब्बाले एक गोल गरे । कोलकोत्ताका सञ्जीव बौरीले एक गोल फर्काए ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् ।

यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *