ओमान वेष्टर्न रिजन प्रतियोगिताबाट बाहिरियो, एसिया कपमा पुग्न असफल

डिसी नेपाल
१३ फागुन २०७६ १९:४८

एजेन्सी । विश्वकपमा छनोट भईसकेको टिम ओमान एसिया कप क्रिकेटमा पुग्न असफल भएको छ । अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्ने ओमान एसीसी वेष्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको सेमिफाइनलमा पुग्न असफल भएसँगै एसिया कपमा पुग्न नसकेको हो ।

एसिया कप छनोटको पहिलो चरणको प्रतियोगिताको रुपमा रहेको वेष्टर्न रिजनको समूह ए मा रहेको ओमान समूहको तेस्रो भयो । ओमान नेट रन रेटको आधारमा कतार भन्दा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको हो । यस समूहबाट कतार र बहराईन सेमिफाइनलमा पुग्यो ।

तीन खेलमा ओमानले २ जित र १ हार व्यहोर्दा ४ अंक जोड्यो । समान खेलमा समान अंक रहे पनि कतार र बहराइनले सेमिफाइनलमा स्थान बनाएका छन् । ओमानले बहराइन र माल्दिभ्समाथि जित हात पार्दा कतारसंग पराजित भएको थियो । समूह बी बाट युएई र कुवेतले सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

फाइनल पुग्ने राष्ट्रले एसिया कप छनोटमा सहभागिता जनाउन पाउने छन् । ओमान टी ट्वान्टी विश्वकपमा सहभागी जनाउने एसियाको एक्लो एसोसियट राष्ट्र समेत हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *