आज पनि चट्याङसहित पानी पर्ने सम्भावना, भोलिदेखि मौसममा सुधार आउने
काठमाडौँ । केही दिनदेखि सक्रिया पश्चिमी वायुका कारण आज पनि देशका केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।
मङ्गलबार र सोमबार पानी पारेको पश्चिमी वायु कमजोर गएको र भोलि बिहीबारबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार, आज अन्य क्षेत्रमा मौसममा सुधार आएपनि पूर्व र मध्य क्षेत्रमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
अहिले बदली भएको काठमाडौँको मौसम दिउँसो घाम लागे पनि बेलुकीतिर फेरि बदली भइ पानी पर्ने महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन १४ गते (बुधबार)
दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पश्चिमी भू-भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको मध्य भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
फागुन १५ गते (बिहिबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन १६ गते (शुक्रबार)
दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।
Facebook Comment