२२.४१ प्रतिशतले निर्यात बढ्दा आयात ५.३३ प्रतिशतले घट्यो

डिसी नेपाल
१४ फागुन २०७६ १०:३४

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो सात महिनामा व्यापारघाटा ५.३३ प्रतिशतले घटेको छ। आयातमा कमी र निर्यातमा सुधार आएसँगै व्यापारघाटामा सुधार आएको हो।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको माघमा व्यापारघाटा ७ खर्ब ८६ अर्व रहेकोमा चालु आवको यसै अवधिमा ७ खर्ब ८० अर्ब रुपैयाँमा झरेको छ।

माघमा आयात ३.५६ अंकले घटेर ८ खर्ब ३ अर्ब भएको छ भने निर्यात २२.४१ प्रतिशतले बढेर ६४ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा आयात ८ खर्ब ३३ अर्ब र निर्यात ५३ अर्ब रुपैयाँ रहेको थियो।

चालु आवकोसात महिनामा राजस्व भने २ खर्ब ४ अर्ब रुपैयाँ संकलन गरेको छ। त्यस्तै भारतसँगको व्यापारघाटा ४ खर्ब ५१ अर्ब रुपैयाँ रहेको छ। भारतबाट ४ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ भने निर्यात ४५ अर्ब रुपैयाँ बराबरको मात्र रहेको छ।

त्यस्तै चीनसँग पनि एक खर्ब ३१ अर्ब रुपैयाँले व्यापारघाटा रहेको छ। चीनबाट नेपालमा एक खर्ब ३२ अर्ब बराबरको आयात भएको छ भने एक अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको भन्सार विभागले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *