नेकपामा नयाँ ट्वीस्टः खतिवडाको नाम राष्ट्रिय सभाका लागि मन्त्रिपरिषदले सिफारिस गरिसकेको दावी

डिसी नेपाल
१४ फागुन २०७६ २०:३१

काठमाडौं। बुधबार बिहानैबाट सत्तारुढ दल नेकपाले ट्वीस्टमाथि ट्वीस्ट दिइरहेको छ। बुधबार दिउँसो नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मोनितका लागि सिफारिस गर्ने निर्णय गरेको थियो भने बेलुकासम्म यो निर्णय लगभग कार्यान्वयन नहुने निश्चित भएको छ।

बुधबार दिनभर नेकपाले ट्वीष्ट दिनेक्रममा सञ्चारकर्मीलगायत सबैलाई आश्चार्यमा पारिरह्यो।

बुधबार दिउँसो शुरुमा संविधान संशोधनका लागि गठन गरिएको कार्यदल भंग भएको जनाएको नेकपाले त्यसपछि गौतमलाई राष्ट्रिय सभा सदस्य मनोतिका लागि सिफारिस गरिएको बतायो। त्यसपछि फेरि पार्टी सचिवालयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमको नाममा विरोध भएको खबर आयो।

बुधबार साँझ भइसकेपछि ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तामा प्रधानमन्त्री ओलीले क्याविनेटले अर्थमन्त्री युबराज खतिवडाको नाम सिफारिस गरिसकेको जानकारी दिएको खबर आएको छ। दुई वर्षअघि राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य भएका उनको पदावधि यही फागुन २० गते सकिँदै छ।

स्मरण रहोस तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिशन प्रकरणमा मुछिएर राजीनामा दिएसँगै पछिल्ला दुई वटा मन्त्रिपरिष बैठकका निर्णय सार्वजनिक गरिएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *