बानेश्वरमा भव्य विवाह पार्टी, न दुलाहा आए, न जन्ती
![बानेश्वरमा भव्य विवाह पार्टी, न दुलाहा आए, न जन्ती](https://www.dcnepal.com/wp-content/uploads/2020/02/bbb-1.jpg)
काठमाडौँ । राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको छ ।
काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो ।
आफूलाई इञ्जिनियर बताउने आश्रेय बस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए ।
१५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।
प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो ।
केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि फेला परेन । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको खुल्यो ।
काठमाडौँमा नभेटिएका साहिल अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट स्रोत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।
काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने भइरहेको छ ।
प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उजुरी आएको थियो । फरार रहेका ती दुलहा अझै फेला परेका छैनन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
यो क्षेत्री बाहुन हरूलाई बिहे गर्नु येति छिटो हुन्छ कि। किन होला क्षेत्री बाहुन हरू अपराधी,चण्डाल,खुराफाती,चोर,फटाह,बदमास,लाल्ची,ठग,अभिलाषी झुटो भएको होला???????????????