दक्षिण कोरियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुग्यो, ११४६ जना संक्रमित

काठमाडौँ । चीन बाहिर सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको दक्षिण कोरियामा बिहीबार बिहानसम्म १२ जनाको ज्यान गएको छ । मृतक मध्ये एक जना विदेशी नागरिक रहेका छन् ।
कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार
बिहीबार बिहानसम्म १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ११ सय ४६ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
संक्रमित मध्ये ८० प्रतिशत थेगु आसपासका मानिसहरु रहेका छन् । कोरियाको दोस्रो ठुलो शहर बुसानमा पनि बुधबार ८ जना नयाँ संक्रमित फेला परेका छन् ।
प्रतिक्रिया
Facebook Comment