आइपिएलमै २ बलमा ह्याट्रिक लिने प्रविण ताम्बे आइपिएल खेल्न अयोग्य !

काठमाडौं। आइपिएलको १३ औं सिजनमा सबैभन्दा पाका खेलाडी प्रविण ताम्बे खेल्न नपाउने भएका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआइले उनलाई अयोग्य घोषित गरेको हो । लिलामीमा ताम्बेलाई कोलकाता नाइटसाइडर्सले बेस प्राइस २० लाखमा किनेको थियो ।
ताम्बेले २०१८ मा सन्यास लिएर शारजाहमा टि–१० लिग खेलेका थिए । यसका अलावा उनले अन्य विदेशी टि–२० लिग पनि खेलेका थिए । तर ताम्बेले पछि आफ्नो सन्यास फिर्ता लिएका कारण उनलाई कारवाही गरिएको हो । बीसीसीआइको नियमअनुसार सन्यास नलिइ कुनै पनि खेलाडी विदेशी लिग खेल्न पाउँदैन ।
ताम्बेले आपिएल ७ मा २०१४ मा कोलकाता नाइटराइडर्सकै विरुद्ध २ बलमै ह्याट्रिक लिएका थिए । ताम्बेले १६ औं ओभरको पहिलो बल वाइड फालेका थिए जसमा विकेटकिपर संजु सामसनले मनीष पाण्डेलाई स्टम्प आउट गरेका थिए । अर्को बलमा ताम्बेले आफैंले क्याच लिएर युसुफ पठानलाई आउट गरे । ओभरको दोस्रो बलमा उनले र्यान टेन डेस्काटेलाई एलबीडब्लु आउट गरेका थिए ।
Facebook Comment