टी–२० वेस्टर्न रिजन कप क्रिकेटको उपाधि यूएईलाई

डिसी नेपाल
१५ फागुन २०७६ १५:४३

काठमाडौं। ओमान सम्पन्न एसीसी वेस्टर्न रिजन कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले कुवेतलाई १०२ सय रनले पराजित गरेको छ।

अल अमेरट क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले टस जितेर यूएई लाई ब्याटिङ गर्ने निम्तो दिएको थियो। टस हारेर ब्याटिङको मौका पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो।

यूएईका लागि ओपनर चिराग सुरीले ४१ बलमा ८ चौकाको मद्दतले ६०, रोहन मुस्तफा र मुहम्मद उश्मानले २८–२८, वहीद अहमदले अविजित १५ बलमा ६ छक्काको मद्दतले ४५ र बसिल हमीदले १२ रन बनाए। बलिङमा कुवेत टीमका अफ्सल अशरफले सर्बाधिक २ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा २०० रनको लक्ष्य लिएर मैदानमा आएको कुवेतले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो।

कुवेतका लागि कप्तान मोहम्मद असलमले २३, बिलाल ताहिर २२, मोहम्मद अमिन १८ र राजीव सन्द्रुवान ले १२ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन्। कुवेतलाई कम योगफलमा रोक्न यूएईका सुल्तान अहमदले ४ ओभरमा ९ रन दिएर ४ विकेट, एहमद राजाले २ र जुनादी सिद्धीकले १ विकेट लिएका थिए।

बुधबार भएको सेमिफाईनल खेलमा कतारलाई यूएईले र कुवेतले बहराइनलाई पराजित गर्दै फाइनमा प्रवेश गरेको थियो। यूएई र कुवेत शीर्ष २ मा रहँदै वेस्टर्न रिजनबाट एसिया कप छनोटमा पुगिसकेका छन्। अब इस्टर्न रिजनबाट शीर्ष २ मा पुग्ने टोली एसिया कप छनोटमा पुग्ने छन्। एसिया कप छनोटको विजेता टीमले एसिया कप खेल्ने मौका पाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *