नौ बिघामा लगाइएको गहुँबालीमा क्षति

डिसी नेपाल
१५ फागुन २०७६ २२:१३

कञ्चनपुर । जङ्गली हात्तीको बथानले एकै रात कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा नौ बिघाभन्दा बढी जग्गामा लगाएको गहुँबालीमा क्षति पु¥याएको छ ।

गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खजुवा, गर्जमुनिलगायतको बस्तीमा छिरेको हात्तीको बथानले गहुँबालीमा क्षति पु¥याएको हो । स्थानीयवासी देवराज जोशीले हात्तीको बथानले बाला लागेको गहुँबाली खाएर र खुट्टाले कुल्चेर व्यापक नोक्सान पु¥याएको बताए । “धेरै किसानको गहुँबालीमा क्षति गरेको छ”, उनले भने, “खेतको गहुँ पुरै नष्ट भएपछि परिवारका लागि वाह्य क्षेत्रबाट गहुँ खरिद गर्नुपर्ने अवस्था आएको छ ।” हात्तीले गहुँबाली क्षति पु¥याएको किसानको खेतमा अनुगमन गर्दै नगर प्रमुख दिलबहादुर ऐरले ३६ किसानभन्दा बढीको आठ देखि नौ बिघा जग्गामा लगाइएको गहुँबालीमा हात्तीको बथानले क्षति पु¥याएको बताए।

किसानको गहुँबालीसँगै तोरी, केरालगायतमा समेत क्षति गरेको पाइएको छ, उनले भने । उनले हात्ती नियन्त्रणका लागि नगरपालिकाको एक्लो प्रयासले नसकिने भएकाले यसमा सङ्घीय सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।

“विसं २०७४ सालदेखि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्नबाली खाएर नोक्सानी गर्दै आएको छ”, उनले भने, “तीन वर्षको अबधिमा ९५० परिवारले क्षति व्यहोरेका छन् ।” हात्तीका कारण नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७, ८ र १२ का बासिन्दा प्रभावित हुँदै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *