महासचिव मैनालीको अवस्था खतरामुक्त

डिसी नेपाल
१५ फागुन २०७६ २२:४८

काठमाडौं । सवारी दुर्घटनामा परी घाइते भएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था खतरामुक्त रहेको छ । काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको र शरीरमा भित्री चोट नभएको चिकित्सकको भनाइ उद्धृत गर्दै मालेको खेलकुद विभाग प्रमुख शङ्कर पोखरेलले जानकारी दिए ।

“अहिले अवस्था सामान्य छ, बाहिरी भागमा चोटपटक लागेको छ”, चिकित्सकको भनाइ उद्धृत गर्दै उनले भने, “सिटी स्क्यान गर्दा भित्री अङ्गमा चोटपटक लागेको देखिएको छैन ।” मैनालीको निधार र घाँटीमा चोट लागेको पोखरेलले जानकारी दिए । प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टमा उनका अवस्था सामान्य देखिएको छ । “अहिले महासचिव सामान्यरुपमा बोलचाल गरिरहनुभएको छ”, उनले भने ।

भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली विपी राजमार्गको सिन्धुली क्षेत्रमा दुर्घटनामा परेका थिए । उनि सवार बा७च २१२० नम्बरको जिपलाई विपरीत दिशाबाट गइरहेको ना४च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।

दुर्घटनालगत्तै घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको थियो । थप उपचारका लागि उनिहरुलाई ग्राण्डी अस्पतालमा ल्याइएको हो । अहिले अस्पतालमा मालेका नेता कार्यकर्ताको भीड लागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *