‘मैनालीको दुर्घटना नियोजित’

डिसी नेपाल
१५ फागुन २०७६ २२:५८

काठमाडौं। नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवारी दुर्घटना नियोजित र अस्वभाविक भनेको छ।

पार्टी प्रवक्ता कुमार बेल्वासेले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित देखिन्छ।’

नेकपा (माले)ले यो दुर्घटनाबारे छानविन गर्न पनि सरकारसँग माग गरेको छ। दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न मालेले माग गरेको छ।

झापामा पारिवारिक कार्यक्रमबाट राजधानी फर्किने क्रममा महोतरी, धनुषा र सिन्धुली जिल्लाको सिमानामा पर्ने रातु नदी नजिक महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिएको थियो। दुर्घटनामा मैनाली सख्त भएका छन्। मैनालीसहित उनका छोराबुहारी र ५ वषीय नाती समेत घाइते भएका छन्।
मैनालीको राजधानीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *