माईभ्याली गोल्डकपः सिक्किम र आयोजकको भिडदै

ईलाम । पर्यटकीय शहर ईलाममा जारी छैटौं माईभ्याली गोल्डकप अन्र्तगतको दोस्रो प्रि क्वाटरफाइनल खेलमा शुक्रबार आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली सिक्किमको सामना गर्दैछ।
इलाम सदरमुकामस्थित ठूलो टुँडिखेल मैदानमा हुने प्रतियोगितामा विजय हासिल गर्ने दाउमा आयोजक टोली पहिलो पटक सिक्किमको सामना गर्दै छ । प्रतियोगितामा पहिलोपटक सहभागीता जनाएको पाहुना टोली ग्यान्टोकले आयोजकमाथि जित निकाल्दै उपाधिको दावेदारी प्रस्तुत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छ ।
यसअघि आयोजक टोलीले पछिल्लोपटक भएको चौथौ संस्करणको प्रिक्वाटरफाइनल खेलमा कास्की ११ माथि ३–२ गोल अन्तरले जित निकालेको थियो। त्यसपछि क्वाटरफाइनल खेलमा आयोजक टिमलाई ए डिभिजन क्लब मनाङ मर्स्याङदीले १–० गोल झिनो अन्तरले पराजित गरेको थियो।
गत संस्करणको प्रतियोगिताको पहिलो खेलमै आयोजक टिमलाई भारतकै दार्जिलिङ युनाइटेडले १–० अन्तरले पाखा लगाएको थियो। पाहुना टोली सिक्किमले यसै महिना भारतमा भएको १५औं सकुुना गोल्डकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो।
आजको खेल जित्ने टोलीले कोलकता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङसँग प्रतिस्पर्धा गर्नेछ। आयोजक टिम ईलाम च्यासल क्लबका डिफेन्डर छिरिङ गुरुङ, लिगका उदीयमान खेलाडी दर्शन गुरुङ केही अफ्रिकन खेलाडीको साथमा मैदान उत्रने तयारीमा रहेको छ।
Facebook Comment