दक्षिण अफ्रिकाले बनायो महिला टि-२० विश्वकप इतिहासकै सर्वाधिक स्कोरको कीर्तिमान

काठमाडौं। अष्ट्रेलियामा जारी आईसीसी महिला टी २० विश्वकपमा दक्षिण अफ्रिकी महिला क्रिकेट टिमले महिला टि-२० विश्वकप इतिहासकै सब भन्दा ठूलो स्कोरको रेकर्ड कायम गरेको छ।
दक्षिण अफ्रिकी टिमले क्यानबेराको मानुका ओवल मैदानमा थाईल्याण्ड बिरूद्ध २० ओभरमा ३ विकेट गुमाएर १९५ रन बनायो । दक्षिण अफ्रीकाका लागि लिजेल लीले ६० बलमा १०१ रन बनाइन भने सुने लुसेले ४१ बलमा अबिजित ६१ रन बनाईन । अफ्रिकी ब्याट्सम्यानले थाईल्यान्डका बलरहरु बिरुद्ध मैदानमा कडा प्रर्दशन गरेका थिए ।
यस प्रकार, दक्षिण अफ्रीका महिला क्रिकेट टीमले भारतीय महिला क्रिकेट टीमको रेकर्ड तोडन सफल भएका छन । भारतीय महिला क्रिकेट टीमले सन २०१८ मा न्युजिल्यान्डको बिरूद्ध ५ विकेट गुमाएर १९४ रन बनाएको थियो। आईसीसी महिला टी २० विश्वकपमा टोलीले १९० भन्दा बढी रन बनाएको यो तेस्रो पटक हो। तेस्रो नम्बरमा अष्ट्रेलियाली महिला क्रिकेट टीम रहेको छ जसले सन २०१४ मा आयरल्यान्ड महिला टीम बिरूद्ध ४ विकेट गुमाएर १९१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकी टोलीले थाईल्याण्डको बिरूद्ध टस जितेर र पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। टीमको स्कोर १३ रन हुदा पहिलो विकेट रुपमा डेन भ्यान लाई गुमाएको अफ्रिकी टोलिको लागी मैदानमा आएकी ली र लुइसले टिमको लागि बलियो साझेदारी प्रस्तुत गरेकी थिईन । दुबै खेलाडि बिच १३१ रनको साझेदारी भएको थियो। लि १५.६ ओभरमा १०१ रन बनाएर आउट भएकी थिईन । क्लो ट्रिओनले ११ बलमा २४ रन बनाईन ।
Facebook Comment