पिएसएल २०२० छैठो दिन क्वेटा ग्लैडिएटर्सको जित, आज दुई खेल हुदै

काठमाडौं। पाकिस्तानमा चलिरहेको पाकिस्तान सुपर लिग (पिएसएल) को ५ औ सिजनको छैठो दिन क्वेटा ग्लैडिएटर्स र इस्लामाबाद युनाइटेड बिच भएको खेलमा क्वेटा ग्लैडिएटर्स ५ विकेटले बिजयी भएको छ ।
बिहीबार भएको खेलमा क्वेटा ग्लैडिएटर्सका कप्तान सरफराज अहमदले टस जितेर बलिङ गर्दै इस्लामाबाद युनाइटेड लाई ब्याटिङको निम्तो दिएको थियो । टस हारेको इस्लामाबादको टिमले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो ।
१८८ रनको लक्ष्य लिएर मैदानमा आएको ग्लैडिएटर्स का लागी जेन्सन रोयले ३८ बलमा ५० रन प्रहार गर्दै गतिलो सुरुवात गरेका थिए । ग्लैडिएटर्सका रोय र मोहम्मद नवाजले टिमलाई जितसम्म डोर्याएका थिए । उक्त्त खेलमा म्यान अफ दि म्याच भएका ग्लैडिएटर्सका बेन कटिङले उत्कृष्ट ब्याटिङ गर्दै १७ बलमा २ चौका र ४ छक्काको मद्दतले अबिजित ४२ रन प्रहार गरेका थिए ।
प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा मुल्तान सुल्तान्स र कराची किंग्स बिच मुल्तान क्रिकेट स्टेडियममा हुनेछ भने दोस्रोे खेल लाहौर कलंदर्स र पेशावर जाल्मी बिच रावलपिंडीमा हुनेछ ।
Facebook Comment